पुरन अधिकारी, पश्चिम नवलपरासी ।
आप्रवासी कामदारका पदाधिकारीलाई नेतृत्व विकास तालिम दिइएको छ ।
आप्रवासी परिवार हकहति मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर ९ भुतहाको संयुक्त आयोजना तथा सुरक्षित आप्रवासन परियोजना सामी हेल्भेटास र रामग्राम नगरपालिकाको सहयोगमा २ दिने क्षमता तथा नेतृत्व विकास कार्यक्रम गरिएको हो ।
आप्रवासी परिवार हकहति मञ्च पश्चिम नवलपरासीका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न दुई दिने कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केका, बैदेशिक रोजगारमा रहेका परिवार र बैदेशिक रोजगारमा जाने सम्भावित कामदारद्धारा गठित सञ्जालका पदाधकारीहरुलाई लक्षित गरि सो तालिमको आयोजना गरिएको हो ।
जिल्लाका सात वटै पालिका स्तरिय आप्रवासी परिवार हकहित मञ्चका पदाधिकारीहरु, जिल्ला कमिटिका पदाधिकारी गरि ३५ जना सहभागिहरुलाई मञ्चको काम, कर्तब्य, अधिकार र नेतृत्वका बारेमा सामि हेल्भेटास नेपालका वित्तिय साक्षरता र तालिम समयोजक सनत सापकोटा, सामि हेल्भेटास नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समयोजक पञ्चराम चौधरी, सामि हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जिआउल हक लगाएतले सहजिकरण गर्नुभएको थियो ।
सामी परियोजना पश्चिम नवलपरासीका कार्यक्रम संमयोजक ज्ञानेश्वर भण्डारीले यस मञ्चले सामी परियोजनासङ्ग समेत सहकार्यगरि बिगतका वर्षहरु बाटै यस क्षेत्रमा देखिएका बैदेशिक रोजगारीका समस्याहरुको निराकरणका लागि यो मञ्च लागिपरेको र आवश्यक सुचनाहरु समेत प्रदान गर्ने गरेको जानकारी गराउनुभयो ।
आयोजक मञ्चका अध्यक्ष बल बहादुर थापाले मञ्च गठन गर्नुपरेको कारण, विगत २०७१ साल देखि हाल सम्म मञ्चले गरेका कार्यहरु २०७५ सालमा जिल्ला विभाजित भए सङ्गै मञ्चको पुनर्गठन र गाउँ नगरस्तरिय संजाल विस्तार सङ्गै मञ्चले गर्ने भावीकार्ययोजनाको बारेमा समेत प्रकाश पार्नुभएको थियोे ।
इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष साबित्री पौडेल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा तालिम पश्चयात आफुहरुलाइ बैदेशिक रोजगारीका समस्या पहिचान र त्यसको समाधानका लागि सरोकारवाला सङ्ग पिडितको न्यायका लागि जान कानुनि प्रक्रिया जस्ता कुराहरूको जानकारी र बैदेशिक रोजगारमा जानु अघि र पछि एवं विदेशमा रहदा नेपाली कामदारले के गर्न हुने के गर्न नहुने जस्ता विषय बस्तुको समेत ज्ञान भएको सहभागीले बताएका छन् ।
सोही अनुसार गाउँ र टोल बाटै सचेतना फैलाउदै सिङ्गो जिल्लामै बैदेशिक रोजगारीको समस्या लाई निराकरण गर्ने कार्यक्रमका सहभागी धमेन्द्र दुबे र धन माया क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया