९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आरआरमा शिक्षक कुट्ने विद्यार्थी क्याम्पसबाट निष्कासित



काठमाण्डौ ।

चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डौको आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् ।

गएको मङ्गलवार परीक्षामा चिट चोर्न नदिएको भन्दै स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएको थियो । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासित गरिएको जनाएको हो ।

क्याम्पस प्रशासनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले परीक्षा हलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि साङ्घातिक आक्रमण गरेको र क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्‍याएको विषयमाथि क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ । ती विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको र कानुनी कारबाही अगाडि बढिसकेको छ ।’

प्रकाशित मिति : ८ पुस २०७८ बिहिबार ००:००  ७ : २१ बजे