काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्ने गरेको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल बाँकेले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘पार्टी कामलाई व्यवस्थित गर्न कार्यालय चाहिन्छ सबै बन्दोबस्तो गर्नुपर्छ विभिन्न कमिटीले गरिरहेका छन्,’ उनले भने, ‘हिजो हामीले यत्रो त्याग र संघर्षले तयार गरेको संरचना, भवन र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्छ ।’
उनले आफूले २०३२ सालदेखि हिजोसम्म आइपुग्दा नेकपा एमाले बनाएर हिँडेको स्मरण गर्दै आज विद्रोह गर्नुपर्ने स्थिति आएको बताए ।
‘सन्तानजस्तै पार्टी जन्माउने म । सन्तान नै अर्काले कब्जा गरिदिएपछि के गर्ने ? कम्युनिष्ट पार्टी जोगाउन र आन्दोलन जोगाउनका लागि विद्रोह गर्नुपर्यो,’ उनले भने ।
प्रतिक्रिया