बुटवल ।
बिश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नजिकै बेवारिसे अवस्थामा युवतीको शव फेला परेको छ । लुम्बिनी स्थित मायादेवी मन्दिरको पछाडीको झाडीमा युवतीको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
मायादेवि मन्दिर पछाडि रहेको ईलाका प्रहरी कार्यालय रहेको पुरानो भवनको खण्डहरमा अन्दाजी २० बर्षिय युवतीको शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले बताए । मधेसीमुलकी युवतीको शव मंगलबार साँझ ५ः३० बजे तीर फेला परेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए ।
स्थानीय प्रत्यक्षदर्शीले खण्डहर सहितको झाडीमा शव रहेको सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय लुम्बिनी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेर शव बरामद गरिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि भैरहवा स्थित भीम अस्पताल पठाइृएको र घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रवक्ता चन्दले बताए ।
हत्या गरेर झाडिमा ल्याएर फालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रतिक्रिया