मायादेवी अनलाइन, चारनम्बर ।
पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु आउने भएपछि एक जना नेता निकै चर्चामा रहे । कृष्णनगरका मंगल गुप्ता प्रवेशको लागि ओली कपिलवस्तु आएका हुन् जसरी प्रचार पनि गरियो । तर मंगल गुप्ताको छवि भने प्रचार गरिए जति राम्रो छैन । उनी संधै अस्थिर र हारेका नेताको छवि भएका नेताको रुपमा जिल्लामा परिचित छन् ।
गुप्ताको एमाले प्रवेश चौथौं पार्टी हो । उनी काग्रेस, तमलोपा, मधेशी जनाधिकार फोरम हुदै एमाले प्रवेश गरेका हुन् । ०३०÷३१ साल तिर पंचायत व्यवस्थाको वर्गिय संगठन युवक संगठनको जिल्ला सभापति भएर राजनीति सुरु गरे । तत्कालिन जिल्ला पंचायत सदस्यमा निर्वाचित भए । ०४६ मा बहुदलीय व्यवस्था आएपछि ७३ वर्षे गुप्ता ०४७ मा काग्रेस प्रवेश गरेका थिए । ०४८ र ०५६ को संसदीय निर्वाचनमा काग्रेसबाट निर्वाचन लडे । तर, उनी पराजित भए ।
त्यसपछि उनी तत्कालिन तमलोपा प्रवेश गरे । ०७० मा तमलोपाबाट संसदीय निर्वाचनमा उठे । त्यस बेला पनि उनी पराजित भए । त्यस पछि उनी मधेशी जनाधिकार फोरममा प्रवेश गरे । ०७४ मा फोरमबाट संसदीय निर्वाचनमा उठे । त्यहा पनि उनी पराजित भए । ०३८ र ०४३ सालमा राष्ट्रिय पंचायत सदस्य निर्वाचन लडेका उनी त्यत्ती बेला पनि पराजित भएका थिए ।
उनको अहिलेसम्मको उपल्लो पद पंचायत नीति तथा जाँचबुझ समिति सदस्य हो । यो त्यतीखेरको महत्वपूर्ण समिति थियो । समितिले पंचायती व्यवस्थाको लोकप्रियता बढाउन र दिगो बनाउन राजालाई सल्लाह सुझाव दिने र नीति बनाउने गथ्र्यो ।
प्रतिक्रिया