मायादेवी अनलाइन, चारनम्बर ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली केही समयअघि रुपन्देही आउनु भएको छ । ओली अघि सांझ ७ बजे यति एयरलाईन्सको बिमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल आउनु भएको भएको हो ।
कपिलबस्तुको बहादुरगंजमा आयोजना गरिएको पार्टी प्रवेश बिशेष समारोहलाई सम्वोधन गर्न आउनु भएको हो र आज त्यतै बस्ने एमाले पोलिटब्युरो सदस्य लिला गिरीले बताउनुभयो । उहाँ मणिग्राममा रहेको डिमल्याण्ड रिर्सोटमा बस्ने र भोलि बिहान कपिलबस्तु जाने गिरीले बताउनुभयो ।
बहादुरगंजको कार्यक्रमको लागि मंच सजावट लगायतका कामहरु भइरहेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । कार्यक्रममा ५ हजार बढी नेता कार्यर्ताको सहभागिता हुने उहाँको भनाई छ । कपिलबस्तुका राजनितीज्ञ मंगल प्रसाद गुप्ताको नेतृत्वमा भोली बिभिन्न पार्टी परित्याग गर्ने सयौँजना प्रवेश गर्ने कार्यक्रम राखिएको पनि उहाँले बताउनु भयो ।
यसैबीच कपिलवस्तुमा ओलीलाई अभिनन्दन गरिने भएको छ । नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले एमालेका अध्यक्ष ओलीलाई अभिनन्दन गर्ने घोषणा गर्नुभएको हो । आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि कपिलवस्तु आउन लाग्नुभएका प्रतिपक्षी दलका नेता ओलीलाई साहले स्वागत तथा अभिनन्दन गर्न लाग्नुभएको हो ।
पूर्वप्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र तथा कर्म भूमि बहादुरगंजमा आउन लागेकोले उहाँँको स्वागत तथा अभिनन्दन गर्न लागेको साहले बताउनुभयो । साहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गर्नुभएको थियो । यसैबीच ओली आउने भएपछि कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।
महाधिबेशनवाट दोश्रो कार्यकालकालागि निर्वाचित भएपछि आयोजना भएको पहिलो जनसभा कपिलवस्तुको वहादुरगंजवाट शुभारम्भ गरेर प्रदेश २ का विभिन्न जिल्लामा पार्टी प्रबेश तथा जनासभालाई संबोधन गर्ने अध्यक्ष ओलीको तालिका तय छ ।
प्रतिक्रिया