९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह



काठमाण्डौ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । खानले पाकिस्तानमा सम्भावित मानवीय सङ्कट पैदा हुन नदिन अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयोगको अपिल गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ – अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसके त्यहाँ मानवीय सङ्कट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको बीबीसी हिन्दीमा उल्लेख छ ।

उहाँले अहिले पनि अफगानिस्तानमा ठूलो सङ्कट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताउनुभएको छ । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसङ्ख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट वैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उहाँले आउँदो दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताउनुभएको छ ।

उहाँले तालिबानको शासन सुरु भएपछि अफगानिस्तानको अवस्था झन् नाजुक बन्दै गएको बताउनु भयो । अहिले वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै उहाँले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
उहाँले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभएको हो।

प्रकाशित मिति : ५ पुस २०७८ सोमबार ००:००  २ : ४५ बजे