मायादेवी अनलाइन, वाणगंगा ।
पश्चिमी वायुको प्रभाव सकिएसंगै तराइका जिल्लामा चिसो बढेको छ । आइतबारबाट ह्वात्तै चिसो बढेको छ भने र तराईका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु हुन थालेको छ । कपिलवस्तुमा आज बिहान देखि हुस्सु लागेको छ ।
मंसिर महिनाभर पारिलो घाम लागेको थियो भने हुस्सु तथा कुहिरो भने लागेको थिएन । आज भने बिहानै देखि बाक्लो हुस्सु लागेको हो । यता चिसो बढ्न थालेकाले सर्तक रहन चिकित्सकले आग्रह गरेका छन् ।
चिसोमा सबैभन्दा बढि बालबालिका तथा बृद्धबृद्धाप्रभावित हुने भएकाले सावधानी अपनाउन चिकित्सकको आग्रह छ ।
प्रतिक्रिया