९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अनेरास्ववियू लुम्बिनीको अध्यक्षमा मल्ल र सचिवमा अनुरागी सर्वसम्मत



मायादेवी अनलाइन, चारनम्बर ।

नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश सम्मेलन नेपालगंजमा सम्पन्न भएको छ । टेकेन्द्र मल्लको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटि चयन गर्दै सम्मेलन सकिएको हो ।

अनेरास्ववियूका अनुसार कमिटिको उपाध्यक्षमा छवि भट्टराई, बृद्धिराम यादव र मनु अधिकारी, सचिवमा दिपक अनुरागी, सहसचिवहरुमा उत्तम पोखरेल र अविरल भण्डारी तथा कोषाध्यक्षमा प्रताप घर्ति सर्वसम्मत चयन हुनु भयो । सचिव पदमा चुनिनु भएका कपिलवस्तुबासी अनुरागी लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिनुहुन्छ ।

४१ सदस्यीय कमिटिमा प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । अनेरास्ववियूले अब प्रदेशका सबै जिल्लाका कलेज र विद्यालयमा शसक्त उपस्थिति जनाउदै काम गर्ने अध्यक्ष मल्लले बताउनु भयो । प्रदेश सम्मेलनको उदघाटन शुक्रवार समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभएको थियो ।

सम्मेलनमा सहरी विकास मन्त्री राम कुमारी झाँक्री , अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा लगायतको सहभागिता थियो । सम्मेलनमा सहभागि हुने प्रदेशका सबै जिल्लाबाट ठुलो संख्यामा विद्यार्थिहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८ शनिबार ००:००  ४ : ४१ बजे