९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छः भीम रावल



काठमाण्डौ ।

नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी केन्द्रीय सल्लाहकार पदको सदस्य नियुक्त गरिएकोमा आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले आफ्नो अनुमति नलिइकन कुनै पनि पदमा नियुक्त गर्नु आपत्तिजनक भएको बताउनुभएको हो ।

रावलले लेख्नुभएको छ, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

चितवनमा भएको एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि नेता रावलले आफू कुनै पनि पदमा नबस्ने घोषणा गर्नुभएको थियो । तर एमालेको केन्द्रीय कमिटीको बैठकले रावललाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८ शनिबार ००:००  ४ : ०४ बजे