९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पत्रकार बञ्जाडे लुम्बिनी विकास कोषको प्रेस सल्लाहाकारमा नियुक्त



मायादेवी अनलाइन, चारनम्बर ।

पत्रकार विकास बञ्जाडे लुम्बिनी विकास कोषको प्रेस सल्लाहाकारमा नियुक्त हुनुभएको छ । कपिलवस्तुमा तिन दशकदेखि पत्रकारितामा सक्रिय बञ्जाडे शुक्रबार कोषको प्रेस सल्लाहाकारमा नियुक्त हुनुभएको हो । समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्षसमेत रहनुभएका बञ्जाडलाई कोषका सदस्य सचिव सानुराजा शाक्यले नियुक्तिपत्र दिएसंगै उहाँ शुक्रबारबाटै काजमा खटिनुभएको छ । कोषका गतिविधिलाई अब मिडियाको क्षेत्रबाट थप अगाडी बढाउने उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो । जिल्लामा वरिष्ठ पत्रकारको रुपमा रहनुभएका बञ्जाडे कान्तिपुर टेलिभिजनका उपसम्पादक हुँदै अहिले जनता टेलिभिजनमा वरिष्ठ संवाददाताको रुपमा काम गर्दै आउनु भएको छ ।यो विषयमा १ महिनाअघि नै पार्टीले निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८ शनिबार ००:००  ७ : ४६ बजे