९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

साना किसान कृषि सहकारीको २२ औँ साधारणसभा सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।

साना किसान कृषि सहकारी संस्था मोतिपुरको २२ औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबारसम्पन्न सहकारीको साधारणसभामा बोल्ने बक्ताले साना किसान कृषि सहकारीहरुले कृषि क्षेत्रको व्यवसायीकरण र प्रगति देखिने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

साधारणसभाबाट साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ भने लेखा समितिबाट प्रस्तुत प्रतिवेदन पनि अनुमोदन गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७७÷०७८ को लेखा प्रतिवेदन, आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रम, शेयर लाभांश कोष तथा कर्मचारी वोनस कोष वितरण गर्न बनेको प्रतिवेन पनि अनुमोदन गरेको छ । यस्तै साधारणसभाले अन्य विभिन्न विषयहरुलाई समेत अनुमोदन गरेको छ ।
संस्थाका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षता रहेको साधारणसभामा राष्टिय सभा सदस्य विमला घिमिरेको प्रमूख आथ्यिता रहेको थियो भने प्रदेश सभा सदस्य विष्णु पन्थीको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुषाल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, कपिल आरोग्य मिन्दर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, बाणगंगा दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष राधेश्यम न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो ।


संस्थाका प्रबन्धक शालिकराम पौडेलले कार्यक्रममा प्रगति प्रतिवेदन र लेखा समिति संयोजक विष्णु गिरीले लेखा प्रतिवेदन सार्वजनिक गर्नुभयो भने उपाध्यक्ष राधिका पन्तको स्वागत मन्तव्य सहित हरि शंकर पौडेलको संचालन रहेको थियो ।

साधारणसभा मार्फत सहकारीले संस्थामा आबद्ध उत्कृष्ट शेयर सदस्य र उत्कृष्ट कृषकहरुलाई सम्मान पनि गरेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७८ शनिबार ००:००  ६ : ११ बजे