मायादेवी अनलाइन, जितपुर ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कपिलवस्तुमा सहकारीहरुको माध्यमबाट नागरिकहरु आर्थिकरुपमा गतिशिल बन्दै गएको बताउनुभएको छ । साना किसान कृषि सहकारीहरुले किसानहरुको जिविकोपार्जनका लागि महत्वपूर्ण भुमिका खेलेको पनि उहाँले बताउनुभयो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले समृद्ध नेपाल सुखी नेपाली भन्ने सपाना साकार पार्न सहकारीहरु मार्फत आर्थिक परिचालन र त्यसबाट ग्रामिण क्षेत्रहरुका किसानहरुलाई आधुनिकिकरण गरि जिविकोपार्जनमा लाग्न प्रेरित गरिरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले देशको तीन खम्बे अर्थ व्यवस्थालाई विभिन्न वर्गका सहकारीहरुका माध्यमबाट आर्थिक रुपान्त्रणको युग प्रारम्भ भईरहेको बताउनुभयो । विनिमय बजारमा सहकारीहरुको प्रगति राम्रो देखिएको भन्दै उहाँले प्रदेश सरकारले समेत सहकारीहरुको व्यवस्थापन र विकासका लागि काम गरिरहेको बताउनुभयो । अब साना किसान कृषि सहकारीहरुले कृषि क्षेत्रको व्यवसायीकरण र प्रगति देखिने गरी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सम्पन्न साधारणसभाबाट साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ भने लेखा समितिबाट प्रस्तुत प्रतिवेदन पनि अनुमोदन गरेको छ । यस्तै आर्थिक वर्ष २०७७÷०७८ को लेखा प्रतिवेदन, आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रम, शेयर लाभांश कोष तथा कर्मचारी वोनस कोष वितरण गर्न बनेको प्रतिवेन पनि अनुमोदन गरेको छ । यस्तै साधारणसभाले अन्य विभिन्न विषयहरुलाई समेत अनुमोदन गरेको छ ।
संस्थाका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षता रहेको साधारणसभामा राष्टिय सभा सदस्य विमला घिमिरेको प्रमूख आथ्यिता रहेको थियो भने प्रदेश सभा सदस्य विष्णु पन्थीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुषाल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, कपिल आरोग्य मिन्दर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, बाणगंगा दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष राधेश्यम न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो ।
संस्थाका प्रबन्धक शालिकराम पौडेलले कार्यक्रममा प्रगति प्रतिवेदन र लेखा समिति संयोजक विष्णु गिरीले लेखा प्रतिवेदन सार्वजनिक गर्नुभयो भने उपाध्यक्ष राधिका पन्तको स्वागत मन्तव्य सहित हरि शंकर पौडेलको संचालन रहेको थियो ।
साधारणसभा मार्फत सहकारीले संस्थामा आबद्ध उत्कृष्ट शेयर सदस्य र उत्कृष्ट कृषकहरुलाई सम्मान पनि गरेको थियो ।
प्रतिक्रिया