९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस पदाधिकारीः १३ मध्ये ८ संस्थापन प्यानलका



काठमाडौँ ।

नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ। उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको छ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा। शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन्।

सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो। बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो। जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय ९डिना०, भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए।

बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार बिहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एक कोइराला पक्षका उम्मेदवार विजयी भएका छन्।

सार्वजनिक मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खस आर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भए।

यी सबै देउवा समूहका हुन्। त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित भए। कोइराला खेमाका पाण्डेले देउवा प्यालनका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए।

सहमहामन्त्रीको मत परिणाम सार्वजनिक भएसँगै १३ पदाधिकारी मध्ये ८ जना देउवा पक्षका भएका छन्। जसमा सभापति देउवा स्वयम्, उसभापति पूर्णबहादुर खड्का र अरु ६ जना सहमहामन्त्री हुन्।

कोइराला प्यानलबाट उपसभापतिमा जनराज गुरुङ निर्वाचित भए भने महामन्त्रीमा गगन थापा। विश्वप्रकाश शर्मा प्रकामान सिंह प्यानलका महामन्त्रीका उम्मेद्वार थिए।
सहमहामन्त्रीको मतगणना सकिएसँगै रातिदेख केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ।

प्रकाशित मिति : २ पुस २०७८ शुक्रबार ००:००  ६ : १५ बजे