काठमाडौं ।
नेपाली काँग्रेसको सहमहामन्त्री फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत पाए।
प्रतिक्रिया