दीपा महत, जितपुर ।
नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याबसन नेपाल कपिलवस्तुको भोलि (शनिबार) हुने अधिवेशनको तयारी अन्तीम चरण पुगेको छ ।
भोलि बिहान ९ बजे गोरुसिंगेको होटल पौवामा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको उपाध्यक्ष सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
यस्तै भोलि हुने अधिवेशनले प्याब्सनको नया नेतृत्व चयन गर्ने छ ।
जसको लागि हिजो (बिहिबार) नै उमेद्धवारी दर्ता भएको निर्वाचन समितीले जनाएको छ । भोलि ९ बजेबाट सुरु हुने अधिवेशनमा विभिन्न सांगठनिक प्रतिबेदनहरु प्रस्तुत हुने छ भने बन्द सत्रपछि निर्वाचन प्रक्रिया सुरुहुने उपाध्यत सुन्दर पाण्डेले बताउनुभयो ।
हाल नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याबसन कपिलवस्तुमा ७९ सदस्य रहेका छन् । यता प्याब्सन कपिलवस्तुको नया नेतृत्वका लागि हिजोनै उमेदवारी दर्ता भएको छ । जस अनुसार अध्यक्षमा २ जनाको उमेद्धवारी परेको छ ।
प्याब्सन जिल्ला अध्यक्षका लागि होराइजन आवासिय मावि सिद्धिपुरका प्राचार्य बासुदेब घिमिरे र लिटिल स्टार बोर्डिङ स्कुल ओदारीका प्राचार्य सुन्दर पाण्डेको बीच प्रतिस्पर्धा हुनेभएको हो । पाण्डे हाल प्याब्सनको जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया