मयादेवी अनलाइन, जितपुर ।
१२ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ ।
यहि माघ १२ गतेबाट बुद्ध रगंशाला जितपुरमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारेको कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ ।
यसैबिच सघंले बिहिबार प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेसगं महोत्सव संचालनबारे छलफल गरेको छ । सो क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले महोत्सवको तयारीमा लाग्न निर्देशन दिदै केही सर्त पुरा गर्नुपर्ने बताएका छन ।
छलफलमा सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष छविरेश्मी मगर, प्रेस सल्लाहकार अशोक पौडेल ब्यवसायी बिकास शर्मा लगायतको सहभागिता रहेको थियो । सघंले महोत्सव सफल पार्न बिभिन्न उपसमिति समेत गठन गरी सकेको छ ।
प्रतिक्रिया