कपिलवस्तु ।
नेकपा(एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्ला स्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । पौष ६ गते जिल्लाको पश्चिम क्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले दावी गरेको छ । जिल्लाको पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता मंगल प्रसाद गुप्ता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रममा अध्यक्ष ओली आउने भएपछि पालिका तहमा व्यापक तयारी गरिएको प्रचार प्रसार विभागले जनाएको छ । सोही विषयलाई लिएर नेकपा (एमाले) कपिलवस्तु, नगर कमिटि, गाउँ कमिटिका वैठकहरु संचालन भएका छन् ।
नेकपा एमाले वाणगंगा नगर कमिटी सचिवालयको वैठक बनगाईमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले नेकपा एमालेमा आउनेको लहर चलेको बताउनुभयो । उहाँले यहि पुष ६ गते बहादुरगञ्जमा हुने विशाल जनसभामा पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले मधेशी समुदाय उत्साहित बनेको बताउनुभयो । कार्यक्रममा बोल्दै पार्टी सचिवालय सदस्य चक्र अर्यालले जनसभामा जिल्लाका पाटी कार्यकर्ता, शुभचिन्तक लगायतको उलेख्य सहभागिता हुने बताउनुभयो । उक्त सभामा बाणगंगाबाट ६ हजारको उपस्थिती हुने नगरका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो ।
त्यस्तैगरी नेकपा एमाले विजयनगर गाउँकमिटिको वैठक आज सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी ओली कपिलवस्तु आउने भएपछि पालिकाहरुले वडा वडाबाट जनसहभागीता गराउने तयारी गरेको गाउँ कमिटि अध्यक्ष थर्क बहादुर खनगाहाले जानकारी दिनुभयो । वैठकमा सवारी साधनहरु साइकल देखि ट्याक्टर, बस लगाएतका साधनहरु प्रयोग गरी ७ हजार कार्यकर्ता सहभागीता गराउने बताइएको छ । वैठकका प्रमुख अतिथी प्रदेश सांसद अर्जुन केसी, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा लगाएतले तराई मधेशको समृद्धि र विकासको लागि नेकपा एमाले नभई नहुने भएकाले पार्टी प्रति जनलहर चलेको बताउनुभयो । जनसभामा गाउँ गाउँबाट जनसहभागीता जुटाउन वडा कमिटि, गाउँ कमिटि परिचालन गरिएको बताइएको छ ।
१ पुस २०७८ बिहिबार ००:००
224
Shares
प्रतिक्रिया