९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा बसन्त लामिछाने नियुक्त



दाङ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामचलाउ उपकुलपति नियुक्त भएकी संगीता भण्डारीको निर्णय बदर गरेर नयाँ व्यक्तिलाई जिम्मेवारी तोकिएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट बसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकेको छ। बिहीबार बसेको सहकुलपतिस्तरको बैठकले शिक्षाध्यक्षसमेत रहेका लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

‘प्रा डा संगीता भण्डारीलाई अर्को उपकुलपतिको जिम्मेवारीको नियुक्ति नभएसम्मका लागि उपकुलपतिको हैसियतले कामकाज गर्नेगरी तोकिएको जिम्मेवारीको निर्णय बदर गरी तपाईलाई (बसन्त लामिछाने) अर्को व्यवस्था नभएसम्मको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक, आर्थिक, शैक्षिक तथा प्राज्ञिक कार्यहरु गर्ने गरी निमित्त उपकुलपतिको जिम्मेवारी दिएको व्यहोरा जानकारी गराउँछु’, वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले लेखेको पत्रमा उल्लेख छ। संगीता भण्डारीलाई तोकिएको जिम्मेवारी नियमसंगत नभएको गुनासो आएपछि त्यो निर्णय बदर गरेर अर्को निर्णय गरिएको हो।

प्रकाशित मिति : १ पुस २०७८ बिहिबार ००:००  ३ : ०५ बजे