९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भीम रावलले भने – संसदको अवरोध एमसीसी पास गर्ने खेल त होइन ?



काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् । यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका छन् ।

सामाजिक सन्जालमा रावलले लेखेका छन्– सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन रु यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।

प्रकाशित मिति : १ पुस २०७८ बिहिबार ००:००  १२ : ०९ बजे