९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस महाधिवेशनः २१ सय मत खस्यो



काठमाण्डौ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको चुनावमा अहिले मतदान भइरहेको छ । बेलुकी साढे ६ बजेसम्म दुई हजार एक सय मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच दोस्रो चरणको चुनावका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रिय सभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न ६ वटा ठाउँ कायम गरिएको छ ।

मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले आ–आफनो पक्षमा मतदान गर्न मत मागि रहनुभएको छ । हिजो सोमवार भएको चुनावमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि फेरि चुनाव भएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७८ मंगलबार ००:००  ७ : १६ बजे