९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण



काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘ कोरोना पोजिटिभ आएको छ ।

सामान्य लक्षण देखिएको छ । चार पाँच दिन अघिसम्म मसँग नजिक रहनुभएका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २८ मंसिर २०७८ मंगलबार ००:००  ५ : २० बजे