९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस अधिवेशनः ४२ सय ७६ मत गन्दा देउवा २०४६, कोइराला १६१५



काठमाडौँ ।
नेपाली कांग्रेसको नयाँ सभापतिका लागि भएको चुनावमा वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् ।

तर पहिलो चरणमै सभापतिमा निर्वाचित हुनका लागि चाहिने ५० प्रतिशत भन्दा बढी मत देउवाले पाउने सम्भावना भने कम देखिएको छ ।

४२ सय ७६ मत गन्दा देउवाको पक्षमा दुई हजार ४६ तथा शेखर कोइरालाको पक्षमा १६ सय १५ मत परेको छ । यस्तै प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ तथा कल्याण्ड गुरुङले १६ मत पाएका छन् ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावमा पहिलो चरणमा सभापतिमा कुनै पनि उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ ।

५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नका लागि देउवाले गन्न बाँकी मतमा ६० प्रतिशत प्राप्त गर्नु पर्छ ।

४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८ मंगलबार ००:००  ८ : ४१ बजे