काठमाडौं ।
नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा आधा मतगणना सकिएको छ । ४ हजार ६७९ मत खसेकोमा अहिलेसम्म २ हजार ६ सयभन्दा धेरै मतगणना भएको हो ।
सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत ल्याउनुभएको छ । शेखर कोइरालाले ९८० मत पाउनुभएको छ । प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १६२ र कल्याण गुरुङले १२ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । ४ हजार ६७९ मत खसेकोमा विजयी हुन २ हजार ३४० मत चाहिन्छ ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया