बुटवल ।
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश कमिटीको अहिले शपथ ग्रहण सम्पन्न भएको छ ।
शनिबारदेखि सुरु भएको अधिवेशनले हिजो २२७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटी निर्विरोध चयन गरे पनि नेतृत्व भने टुङ्ग्याउन सकेको छैन ।
नेतृत्व यही कमिटी भित्रबाट आउने भएको अव शपथग्रहणपछि पदाधिकारी टुङ्ग्याउने माओवादी लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।
प्रदेशको नेतृत्व लिनको लागि गुल्मीका सुदर्शन बराल र दाङका हेमप्रसाद शर्मा (डायमण्ड) ले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रले प्रदेशमा अध्यक्ष सहित तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष चयन गर्नेछ ।
पदाधिकारी टुङ्गो अव को केही घण्टामा लाग्ने माओवादीका नेताहरूले बताएका छन् । अहिले २२७ सदस्यीय बनेको छ अव २५३ सदस्यीय प्रदेश कमिटीमा पुर्याउनका लागि सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्नेछ ।
प्रतिक्रिया