९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ



पोखरा ।

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । अरु पदाधिकारी भने चुनिएका छैनन् ।
गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक हुन् ।

अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०को केन्द्रीय सचिव समेत रहेकी गुरुङ माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।

पार्टीको पहिलो प्रदेश अधिवेशनले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने गुरुङको भनाइ छ । प्रदेश अध्यक्ष बन्न केन्द्रीय र प्रदेश सदस्यहरुले पनि आकांक्षा देखाएका थिए ।

तर, केन्द्रीय सदस्यले प्रदेशमा अरुलाई नै जिम्मेवारी छोड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णय अनुसार नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिए ।

नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् । ८ जना पदाधिकारीसहित २ सय २९ सदस्यीय समितिमा २ सय १ सदस्य छनोट भएको केन्द्रीय सदस्य गुरुङले बताए ।

१५ दिन अगाडि नै सम्पन्न भएको नेकपा माओवादी केन्द्रको पोखरा महानगर अधिवेशनले संगठनात्मक समिति बनाए पनि पदाधिकारी भने अझै चुन्न सकेको छैन । आकांक्षी धेरै हुँदा सर्वसम्मत गर्ने नाउँमा ९९ सदस्यीय कमिटीमात्र घोषणा गरिएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७८ सोमबार ००:००  ३ : २४ बजे