काठमाण्डौ ।
१४ औँ महाधिवेशनमा सभापतिको दाबेदारीबाट पछि हटेका कांग्रेस नेता शशाङ्क कोइरालाले आफूले कुनै गुटलाई समर्थन नगरेको बताउनु भएको छ । मतदानस्थल भृकुटीमण्डपमा पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले अहिले आफू कसैको पक्षमा नरहेको बताउनु भएको हो ।
उहाँले आफूले कुनै एक गुटको भन्दा पनि पार्टी एक होस् भन्ने चाहना राखेको प्रतिक्रिया दिनु भएको छ । महाअधिवेशनमा गुट बन्नु स्वाभाविक भए पनि पार्टी एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।
संस्थापन इतर समूहबाट सभापतिमा दाबी गर्दै आएका शशाङ्कले साझा उम्मेदवार तय गर्न भन्दै आफू पछि हटेको बताउनु भएको थियो ।
तर सहमति नहुँदा संस्थापनइतर समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बन्नु भएको छ भने रामचन्द्र पौडेल सक्रिय राजनीतिबाटै अलग्गिनु भएको छ ।
प्रतिक्रिया