९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले नेतृ घिमिरको राजनैतिक छलाङ, पोलिटब्युरो सदस्यमा मनोनित



मायादेवी अनलाइन, चारनम्बर ।

नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गर्दा कपिलवस्तुबाट नेतृ विमला घिमिरे पनि पर्नुभएको छ । भक्तपुरमा जारी रहेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय सभा सदस्यसमेत रहनुभएको घिमिरेलाई पोलिट ब्युरो सदस्यमा मनोनयन गरेको हो । उहाँ यसअघि केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

कपिलवस्तुबाट एमाले राजनीति सुरु गरेका अरु नेताहरुलाई पनि उछिनेर घिमिरेले यो राजनैतिक उचाई हासिल गर्नुभएको हो । धेरैले घिमिरेको यो राजनैतिक स्थानलाई छलाङको रुपमा हेरेका छन् । उहाँ राष्ट्रपति विद्या भण्डारी र अध्यक्ष केपी ओलीसंग निकै नजिक हुनुहुन्छ भने उहाँहरुसंग घिमिरेको उठवस पनि चल्छ । स्थानीय तहको चुनावमा मेयरमा पराजय भोगे पनि घिमिरेले त्यसपछि एकपछि अर्को गर्दै राजनैतिक उचाई हासिल गरिरअनु भएको छ । उहाँ भाषणमा पनि अब्बल नेता मानिनु हुन्छ । घिमिरेलाई जिल्लाअध्यक्ष झविलाल पोख्रेलले राजनीतिमा अगाडी बढ्न प्रेरित गर्नुभएको थियो । यद्यपी अध्यक्ष पोख्रेलले अहिलेसम्म एमालेमा केन्द्रीय स्तरको कुनै ठुलो पद पाउन सक्नु भएको छैन । भर्खरै चितवनमा सकिएको १० औँ महाधिवेशनमा उहाँ अनुशाषन आयोग या केन्द्रिय सदस्यमा पर्ने चर्चा चले पनि अन्तिममा पर्नु भएन ।

घिमिरे सहित गौरी वली, निरु पाल, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सिता गिरी वली, कृष्ण राई, गुलाबजंग शाह, लक्ष्मी पोखरेल, सूर्य थापा, मनकुमारी जिसी, सुशीला नेपाल, पार्वत गुरुङ, नरुलाल चौधरी, बिन्दा पाण्डे रहेका छन् ।

त्यसैगरी एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।स्थायी कमिटीको गठन गरेको हो । जसमा घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी रहेका छन् ।

यसैगरी रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ र हिक्मत कार्की रहेका छन् ।

एमालेको विधानमा १९ सदस्यीय पदाधिकारीसहित ४५ सदस्यीय हुने छ ।त्यसैगरी विभिन्न केन्द्रीय निकायमा प्रमुखहरु स्थायी कमिटीका पदेन सदस्य हुन्छन् ।
यस्तै कपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ। प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७८ आइतबार ००:००  ७ : २० बजे