एजेन्सी ।
अमेरिकाको केन्टकीमा टोर्नाडोका कारण ७० जना भन्दा बढीको मृत्यु भएको छ। स्थानीय समय अनुसार शुक्रबार राति आएको टोर्नाडोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ । टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको हो । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् ।
केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । टोर्नाडोका कारण १०० भन्दा बढी उद्योगमा असर परेको छ ।
४० जना भन्दा धेरैको उद्धार गरिएको केन्टकीका गभर्नरले बताएका छन् । टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ । दशौँ हजार मानिस पानी तथा बिजुलीको अभावमा छन् ।
राष्ट्रपति जो बाइडेनले टोर्नाडोबाट प्रभावित भएकाहरुको सहयोगका लागि सक्दो सहयोग गर्ने बताएका छन् । उनले टोर्नाडोलाई लिए फेड्रल इमर्जेन्सी डिजास्टर डिक्लरेशनमा हस्ताक्षर गरेका छन् ।
योसँगै टोर्नाडोका कारण नराम्रोसँग प्रभावित भएको केन्टकीका लागि संघीय सहयोग पुग्ने भएको छ । अमेरिकाको इतिहासमा हालको टोर्नाडो भयानकहरु मध्ये एक रहेको पनि बताएका छन् ।
प्रतिक्रिया