८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रेस चौतारीको केन्द्रिय सदस्यमा कपिलवस्तुबाट अधिकारी र विश्वकर्मा परे




काठमाण्डौँ । प्रेसचौतारी नेपालको केन्द्रिय कमिटीले राष्ट्रिय भेला २०७७ माघ ८ले दिएको अधिकार प्रयोग गरी केन्द्रिय कमिटीलाई पूर्णता दिएको छ । जस अनुसार २७ सदस्यीय पदाधिकारी र २४९ सदस्यीय केन्द्रिय कमिटी चयन गरेको छ ।

गणेश बस्नेत अध्यक्ष रहेको केन्द्रिय समितीमा विभिन्न जिल्लावाट केन्द्रिय सदस्यमा थप गरिएको छ भने पदाधिकारीमा समेत केहि फेरवदल गरिएको छ । जस अनुसार कपिलवस्तुवाट निशा विश्वकर्मा र हरि अधिकारीले केन्द्रिय सदस्यमा नयाँ जिम्मेवारी पाउनु भएको छ । यस अघि पार्वती पाण्डेमात्र केन्द्रीय सदस्य रहनु भएको थियो ।

यस्तै रुपन्देहीवाट यूवराज पाण्डे , दिनेश पाण्डे ,अमृत गिरी र नवराज कुवरले नयाँ जिम्मेवारी पाउनु भएको छ । यस अघि प्रदिप आचार्य खेम कुमारी पोखरेल र यमराना केन्द्रिय सदस्य रहनु भएको थियो । यस्तै अर्घाखाँचीवाट गणेश खनाल र हिमवहादुर लेकालीले नयाँ जिम्मेवारी पाउनु भएको छ । यसअघि शोभाखर पन्थी केन्द्रीय सदस्य रहनु भएको थियो । लुम्विनीवाट पदाधिकारीमा उपाध्यक्षमा सविन प्रियासन र सचिव भरत केसी रहदै आउनु भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८ शनिबार ००:००  ७ : ३९ बजे