९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालले आज बंगलादेशको सामना गर्दै




काठमाण्डौँ ।

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू(१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज शनिबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल साँझ ६स्४५ बजे सुरु हुनेछ ।

नेपाली टिम बंगलादेशलाई कडा चुनौती दिने योजनासहित मैदान उत्रनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले घरेलु टिमलाई कडा चुनौती दिने बताएका छन्।

ुहामीले छोटो समयमा टोली तयार गर्नु पर्यो । तर, हामी घरेलु टोलीलाई कडा चुनौती दिनेछौं,ु प्रि म्याच कन्फरेन्समा श्रेष्ठले भनेका थिए ।

बंगलादेशका प्रशिक्षक गुलाम छोटोनले प्रतियोगिताका लागि आफ्नो टिम बलियो रहेको बताए ।राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् ।

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ ।

नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८ शनिबार ००:००  ६ : ४६ बजे