काठमाडौं । एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । खेल ५० ओरभको हुनेछ ।समूह ‘बी’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल युनाईटेड अरब इमिरेट्सको शारजाहमा डिसेम्बर २३ तारिखमा हुने भएको छ ।
समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ ।फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।
प्रतिक्रिया