मायादेवी अनलाइन, जितपुर ।
सगरमाथा कृषि सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार शुद्धोधन गाउँपालिका-१ बगदीमा रहेको आफ्नै सभाहलमा सम्पन्न साधारण सभाले विभिन्न प्रतिबेदन सर्वसहमतिले पारित गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष नेत्रलाल खनालले संस्थाले गरेका वार्षिक प्रगती, आय-ब्यय सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष खनालले कृषिलाई प्रविधियुक्त बनाउनुपर्ने भन्दै ब्यवसायीक रुपमै कषि उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । खनालले सहकारीमा हाल स्वच्छ दुध उत्पादनका लागि उन्नत गाई भैसींपालन ब्यवसाय परिचोजना संचालन भएको र सोही अनुसार ६५ भैसी पालनका लागि गोठ निर्माणको काम जारी रहेको बताउनुभयो ।
सहकारीले यहाँका कृषकलाई आर्थिक पार्जनसंग जोड्ने पनि उहाँले बताउनुभयो । सबैबाट साथ सहयोग प्राप्त भएमा यस प्रकारका अनुदानका कार्यक्रम ल्याउन सकिने पनि उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा सिद्धार्थ सहकारीका ब्यवस्थापक हरिलाल पौडेलले सहकारीले जगाउने, जोगाउने र फुलाउने काम गर्नुपर्ने बताउनुभयो । साधारण सभामा देवी प्रसाद बेल्वासे, महालक्ष्मी विकास बैंक पकडी शाखा प्रमुख लगाएतले शुभकामना दिदै सहकारीले सुचककमा धेरै फड्को मारेको भन्दै यहि क्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । यस्तै कार्यक्रममा कोषाध्यक्ष सुन्दर खनालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्तममा प्रस्तुत विभिन्न प्रतिबेदनहरु सर्वसहमतिबाट पारित भएको छ । यस्तै सोही अवसरमा शेयर सदस्यलाई शेयर प्रमाणपत्र र लाभांस पूजि वितरण गरिएको थियो ।
यस्तै सहभागीबाट उठेका प्रश्नको अध्यक्ष, सचिव र कोषाध्यक्षले जवाफ दिनुभएको थियो । साधारण सभा शुद्धोधन गाउवालिका वडा नम्बर १ का वडा सदस्य नथइ प्रसाद थारुको प्रमुख आतिथ्य, सहकारीका अध्यक्ष नेत्रलाल खनालको अध्यक्षता, सहसचिव दुर्गा प्रसाद न्यौपानेको स्वागत र सचिव शुभारखर भुसालको संचालनमा सम्पन्न भएको हो । सहकारीले यस वर्ष १५ लाख ५२ हजार ११२ रुपैया खुद नाफा कमाउन सफल भएको छ ।
प्रतिक्रिया