दीपा महत, जितपुर ।
पछिल्लो समय कुष्ठरोगका विरामीहरु खुल्न थालेका छन् । पहिले समाजबाट अपहेलित भईने डरले रोग लुकाउन बाध्य उनिहरु जनचेतनासंगै पछिल्लो समय खुल्न थालेका हुन् ।
शुक्रबार ठाकुरापुरको पिस हिमालय रिसोर्टमा ३० औं अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा आयोजित कार्यक्रममा कुष्ठरोगका विरामीपनि उपस्थित थिए ।
उनिहरुले रोगका बारे समाजले जानकारी पाएपछि आफुहरु अपहेलित हुनुपर्ने भएकाकारण रोग लुकाएर बस्न बाध्य भएको बताएका छन् ।
कपिलवस्तु शिवगढी की नाम परिर्वतित सृजनाले कुष्ठरोग लागेपछि परिवार संगै समाजले पनि अपहेलना गरेको दुखेसो पोख्नुभयो ।
उहाले भन्नुभयो, ‘कुष्ठरोग भन्ने थाहापाएपछि परिवारबाटनै अपहेलित हुनुपर्यो समाजले त हेयको भावले हेर्नेनै भयो । सुरुमा लक्षणहरु देखिएपनि यहि रोग होला भन्ने लागेको थिएन भारतका विभिन्न अस्पतालमा गएर उपचार पनि गरियो खर्च पनि धेरैनै भयो तर रोग भने निको भएन ।’ पछि दि लेप्रोसी मिसन नेपालले कुष्ठरोगीलाई निशुल्क उपचार गर्छ भन्ने जानकारी पाए उहाले भन्नुभयो ।
अहिले त उपचारखर्चका साथै निशुल्क अप्रेशन भयो । आफुको जीवनमा भगवान जस्तै बनेर आएको भन्दै उहाले दि लेप्रोसी मिसन नेपाललाई धन्यवाद दिनुभयो ।
यस्तै रुपन्देहीकी नाम परिवर्तित उषालाई पनि कुष्ठरोग भन्ने थाहानै थिएन ४ वर्ष पहिले उषालाई यस रोगको लक्षण देखिएको थियो तर अरुनै केहि होला भनेर उहाले पनि वास्ता गर्नुभएन ।
पछि आफुलाई कुष्ठरोग लागेको थाहापाएनु भयो । उषाले पनि पहिले यस रोगको उपचारका लागि भारतका विभिन्न अस्पताल धाउनुपर्यो र नेपालका विभिन्न अस्पतालमा पनि धेरै खर्चभयो तर रोग निदान भएन् ।
पछि उहालेपनि यस संस्थाबारे जानकारी पाउनुभयो । उहाको अहिले निशुल्क सर्जरी भएको छ । अहिलेपनि यस रोगको बारे धेरैलाई जानकारी नहुदा रोगपालेर बस्ने गरेको उहाले बताउनुभयो ।
विद्यालय स्तरमै जनचेतना मुलक कार्यक्रम गर्न सकेमा विरामीहरुलाई उपचारमा ल्याउन सकिने उहाको भनाइ छ । सृजना र उषा मात्र हैन् यस्ता धेरै ब्यक्तीहरु जो पहिले रोग लुकाएर बसेका थिए उनिहरु विस्तारै खुल्न थालेका छन् ।
तर समयमै रोगको पहिचान हुन नक्नुका साथै स्वास्थ्यकर्मीको सम्पर्कमा नआउदा अप्रेशन गर्नुपरेको छ । अहिले जिल्लामा १४४ जना कुष्ठरोगका विरामी उपचाररत छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय बुटवलका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशिल पक्षलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो ।
समाजमा विभिन्न कारणले लुकेका र लुकाईएका बिरामीहरुको पहिचान गरि निःशुल्क रुपमा सफल उपचार गरेकोमा सम्पुर्ण स्वास्थ्यकर्मी, सि एण्ड सि अस्पताल लगाएत सम्पुर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै विशिष्ट अतिथि सि एण्ड सि अस्पतालका प्रमुख गोपाल घिमिरेले नाफा भन्दा पनि समाजसेवामा तल्लिन रहेको बताउनुभयो । विरामीहरुका लागि निःशुल्क रुपमा अस्पतालको सेवा प्रदान गर्नुभएका प्रमुख घिमिरेले अस्पतालले यस भन्दा अगाडि पनि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष दि लेप्रोसी मिसन नेपालका कन्ट्रि डाईरेक्टर शोभाखर कंडेलले संस्थाले गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिंदै आफुहरुले काम र नतिजामा मात्र विश्वास गर्ने बताउनुभयो ।
कपिलवस्तु जस्तो हरेक कुराले सुविधा भएको जिल्लामा कुष्ठरोग तथा हाईड्रोसीलका विरामीको संख्या धेरै हुनु दुःखद पक्ष भएको बताउनुभयो । उहाले अब छिट्टै बृहत छाला शिविर गर्नेपनि जानकारी दिनुभयो ।
दि लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालले सहभागी सरोकारवालका जिज्ञासाको जवाफ दिंदै यी रोगको न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कपिलवस्तुका मोहम्मद इर्फानले जिल्लाका सबै पालिकासंग समन्वय गरेर विरामी खोज्न विशेष सहयोग गर्नुभएको थियो ।
दि लेप्रोसी मिसन नेपालका कन्ट्रि डाईरेक्टर शोभाखर कंडेलको अध्यक्षता, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रम िद लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालको स्वागत तथा कोपवा स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
युके आई डि, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, सि एण्ड सि अस्पताल लगायत विभिन्न संघ संस्थासंग समन्वय गरि दि लेप्रोसी मिसन नेपालले घरघरमा गई कुष्ठरोग तथा हाईड्रोसिलका लक्षण देखा परेका व्यक्तिहरुलाई यहि मंसिर १३, १४ र १५ गते निशुल्क उपचार तथा अप्रेशन गरेको थियो ।
जसमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढिमा बढि रोगीहरु भेटिएको तथ्यांकमा उल्लेख छ ।
जसमध्ये हाईड्रोसिल तर्फ १० जनाको १४ अप्रेशन तथा कुष्ठरोग तर्फ १६ जनाको हात र खुट्टाको सफल अप्रेशन गरिएको आनन्दवन अस्पताल काठमाण्डौका बरिष्ठ सर्जन ईन्द्र नापिटले जानकारी दिनुभएको छ ।
बरिष्ठ सर्जन नापिटका अनुसार देशब्यापि रुपमा कुष्ठरोग तथा हाईड्रोसिल बिरामीको निःशुल्क अप्रेशन गरिएको साथै अन्य देशमा गएर पनि अप्रेशन गरिदैं आईएको छ ।
सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ दुर्गम स्थानमा रहेका विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि प्रयासरत रहेको उहाँले बताउनुभयो ।
सुरुमा सानो दाग देखिने र नचिलाउने नदुख्ने हुँदा कुष्ठरोग भएको थाहै नपाईने हुँदा यसले छिटो भयावह अवस्था ल्याउने भएकाले नलुकाई उपचारको पहुँचमा जान आवश्यक छ ।
समाजमा चेतनाको कमी, आर्थिक अवस्था कमजोर, सामाजिक कुरिती, बेवास्ता लगायत विभिन्न कारणले कुष्ठरोग फैलदै गएकाले छिटो भन्दा छिटो उपचार गराई सर्नबाट कम गर्न सकिन्छ ।
प्रतिक्रिया