कपिलवस्तु ।
कपिलवस्तुमा खाल्डोमा जमेको पानिमा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित बिबिएस इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका १ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृति दंगौडाको डुबेर बिहीबार दिउँसो ज्यान गएको हो ।
खेल्ने क्रममा सोही इँटाभट्टा नजिक रहेको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया