वाणगंगा ।
३० औं अन्तराष्ट्रिय अपांगता दिवसको सन्दर्भमा विहिबार कपिलवस्तुको वाणगंगा ४ गजेहडामा अपांगताकृषि सहकारी संस्था संचालनमा आएको छ । दि लेप्रोसी मिसन नेपालको सहयोगमा कुष्ठ प्रभावित तथाअपांगता कृषि सहकारी संस्थाको शुभारम्भ गरिएको हो ।
अपांगताकृषि सहकारी संस्थाको एक समारोहबीचदि लेप्रोसी मिसन नेपालकाराष्ट्रिय निर्देशकशोभाखर कडेलले उद्घाटन गर्नुभएको छ ।
कुष्ठ रोग कसैले पनिलुकाउननहुने र समयमै उपचार गरे निको हुने निर्देशक कडेलले बताउनुभयो । उहाँले अभैपनि समाजमा कुष्ठरोग लागेकाव्यक्तिहरु प्रतिनकारात्मक व्यवहार हुने पाइएकोले यसलाई हटाउनुपर्ने र सचेतना अभिवृद्धि गर्नुपर्नेमाजोड दिनुभयो ।
अपांगता भएकाव्यक्तिको मनोविज्ञान बुझेर राज्य, समाज र परिवारले आवश्यकसहयोग पुर्याउनुपर्ने निर्देशक कंडेलले बताउनुभयो । उनीहरुलाई सदैव अवसरको खाँचो हुने भएकाले हेय र दुव्र्यवहार गर्न नहुनेमाजोड दिनुभयो ।
उद्घाटन कार्यक्रममा वाणगंगा नगरपालिकाका कृषिशाखाप्रमुख लेष बहादुर केसीले नगरपालिकामा कृषि सहकारीको रुपमादर्ता भइसकेपछि सदस्यहरुलाई सेवादिनविभिन्ननिकायसंग सहकार्य गर्नुपर्नेमाजोड दिनुभयो ।
वाणगंगा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य कुलबहादुर सोमैले अपांगता भएका व्यक्तिलाई रोजगार र स्वरोजगारमा जोड्न लेप्रोसी मिसन नेपालसंग सहकार्य भइरहेको बताउनुभयो ।
कोपवा स्वास्थ्य चौकी प्रमुख कृष्ण घिमिरे, सेतो गुँरास रुपन्देहीका कार्यक्रम संयोजक अर्जुन तामाङ्ग, अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगाना, कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रिय मुना पन्थी, मोतिपुर स्वास्थ्यचौकीप्रमुखहिमलाल घिमिरे, गजेहडा स्वास्थ्यचौकी प्रमुख दोर्ण प्रसाद वेल्वासे, जनसेवा बहुमुखी सहकारी संस्थाका केशवराज आचार्य, अपांगता सेवा केन्द्रिय गुमा ज्ञवाली लगाएतले अपांगताभएकाव्यक्तिको हकअधिकारमा सवैले कामगर्नुपर्ने धारणा राखेका थिए ।
संस्थाले अपांगता भएका व्यक्तिहरु लाई सहायक सामग्रीहरु ३ वटा ट्वाइलेट चियर, ३ जनालाई अपांगमैत्री शौचालय र खानेपानी जडान, ५ जनालाई छात्रबृत्ति वितरण रकुष्ट प्रभावित तथा अपांगता कृषि सहकारी गजेहडालाई २ लाख ५० हजार र कुष्ठ प्रभावित तथाअपांगता सेवा केन्द्र लाई २ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको इम्प्याक्ट परियोजनाका प्रमुख विष्णु ढुंगानाले जानकारी दिनुभयो ।
अपांगता कृषि सहकारी संस्थाकीअध्यक्ष मिनाकुमारी थारुको अध्यक्षता, सह सचिव शान्ता थारुको स्वागतमा सम्पन् नकार्यक्रमको संचालन फाउण्ड परियोजनाकी रोजगार परामर्शकर्ता गिता अर्यालले गर्नुभएको थियो । मानवअधिकार, अपांगताको क्षेत्रमा कामगर्ने संघ संस्थाहरुले यस अवधीमा विशेष सहयोगका कार्यक्रमहरु संचालन गरेका छन् ।
प्रतिक्रिया