काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन चल्न नदिने संकेत गरेका छन्।
शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पद बहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नदिने बताएका हुन्।
‘संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’, उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छरु नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन।’
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको आरोप समेत लगाए।
अदालतमा देखिएको समस्या अघि न पछि भएको उनले टिप्पणी गरे। अदालतको गतिरोधको निकास आउँदैन। गठबन्धनबाट पनि यसको आश गर्न सकिन्न। फैसलाका लागि ताजा जनादेश नै आवश्यक छ, उनले भने।
प्रतिक्रिया