७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

फेरि पनि कम्युनिष्टहरूबीच एकता आवश्यकः युवराज ज्ञवाली



काठमाडौं ।

नेकपा (एमार्ले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने पनि दाबी गरे ।

ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याए । उनले भने,‘एमालेसामू चूनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समिक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समिक्षा गर्न जरुरी छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । मैले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । फेरि पनि वामपन्थीबीच एकता आवश्यक छ।’ उनले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे ।

प्रकाशित मिति : १६ मंसिर २०७८ बिहिबार ००:००  ४ : १७ बजे