८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एमाले अध्यक्षमा ओली विजयी, रावलले पाए २१३ मत



चितवन ।
नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ सय मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय १३ मत पाउनुभयो ।

उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गर्नुभएको थियो ।

त्यसपछि मतदान प्रक्रिया अघि बढाइएको थियो । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८ मंगलबार ००:००  ३ : ०१ बजे