९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कस्तो रहला आज देशभरको मौसम ?




काठमाण्डौँ ।

देशका पहाडी भूभागहरूमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागको मौसम आज सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका छन् ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू–भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।देशभर चिसो बढ्ने क्रममा रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सचेत गराएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ६ : ४६ बजे