सौराहा ।
नेकपा (एमाले)को जारी महाधिवेशनको बन्दसत्रले विधान संशोधन गरेको छ ।
शुक्रबारको केन्द्रीय कमिटी बैठकको निर्णयानुसार शनिबार उपमहासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्ताव हलले पारित गरेको हो ।
शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ पुरयाउने, दुई उपमहासचिव थप्ने, पोलिटब्युरो राख्ने, चार पदाधिकारी थप्नेलगायत प्रस्ताव गरेको थियो । सोही प्रस्ताव पारित भएको हो ।
प्रस्ताव पारित भएसँगै अब एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । पोलिट्ब्युरो ९९, स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।
१९ सदस्यीय पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सचिव सातजना रहनेछन् ।
प्रतिक्रिया