९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगामा माओवादीको नेतृत्व किन चयन हुन् सकेन् ?



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुको १० वटै पालिकाको पालिका सम्मेलन शनिबार भएको छ । १० पालिका मध्ये ७ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र शाहले जानकारी दिनुभयो ।

सबै पालिकामा नेतृत्व सर्वसम्मत चयन गरेको माओवादीले वाणगंगा नगरपालिकामा भने नेतृत्व चयन गर्न सकेन् । माओवादी स्रोतका अनुसार नेतृत्वका आकांक्षी धेरै भएपछि नेतृत्व चयन नभएको हो । सम्मेलनको खुल्ला सस्त्र भव्य रुपमा भएपनि बन्द सस्त्रमा नेतृत्वका आकांक्षी बढी देखिएका हुन् । चुनाव भन्दा पनि सहमतीको आधारमा नेतृत्व छनौट गर्नुपर्ने कार्यकर्ताको जोड हुँदा आउँदो सोमबारसम्मका लागि सम्मेलन स्थगित भएको नेता टेकेन्द्र कुमार क्षेत्रीले जानकारी दिनुभयो । यो बीचमा सहमतिको प्रयास गरिने उहाँले जनाउनुभयो ।

माओवादी केन्द्र वाणगंगाको अध्यक्षमा टेकेन्द्र कुमार क्षेत्री, विष्णु बेल्वासे, कमल आचार्य लगायत नेतृत्वको आकांक्षीमा देखिनुभएको छ । माओवादीको विधानमा जिल्ला कमिटी समन्वयमा रुपान्तरण भएपछि पालिकाको नेतृत्व गर्ने नेताहरुको चाहना बढेको हो । अध्यक्ष मात्र होइन् उपाध्यक्ष, सचिव लगायतका पदका आकांक्षी पनि बढी देखिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ६ : ०९ बजे