मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगर समितिको अध्यक्षमा बसन्त गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार सम्पन्न प्रथम नगर सम्मेलनले गिरी अध्यक्ष रहेको ५३ सदस्यिय नगर समिति सर्वसम्मत चयन गरेको हो ।
नगर समितिको उपाध्यक्षमा नुजामद्धिन फकिर, कमला भुसाल, कमला बेल्वासे, सचिवमा रावेन्द्र कुमार ठाकुर, सह-सचिव विरेन्द्र मिश्रा, कोषाध्यक्षमा नारायण खड्का सहित अन्य सदस्यहरुमा रहनुभएको छ ।
१० वडा रहेको बुद्धभूमिको नगर सम्मेलनमा नेता तथा कार्यकर्ताको राम्रो उपस्थिति थियो । नगर सम्मेलनमा पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रुद्रलाल बन्जाडे लगायतले नेताले सम्बोधन गर्नुभएको थियो ।
प्रतिक्रिया