चितवन । एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडेका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा लामो बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट बाहिरिएका छन् ।
कम्बोडिया, बंगलादेश, श्रीलंकाका भारतका कम्युनिस्टसहित विभिन्न पार्टीका नेता हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोडेका थिए।
ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उनले सम्बोधन रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरी बोल्न सुरु गरेका छन् । उता ओलीले लामो समय बोल्दा प्रतिनिधिहरू पनि टेन्ट बाहिर गफ गरिरहेका देखिन्थे । त्यसक्रममा आपसी गफगाफ रोक्न अध्यक्ष ओलीले पटक पटक माइकबाटै निर्देशन समेत दिएका छन् ।
प्रतिक्रिया