मायादेवी अनलाइन, कृष्णनगर ।
नेकपा (माओवादी केन्द्र) कृष्णनगर नगर समितिको अध्यक्षमा पुनः जावेद आलम दोहोरिएका छन् । संघीयता पूर्वको समयमा पनि कृष्णनगर नगर समितिको अध्यक्ष रहेका जावेद फेरि अहिलेको संरचनामा पनि अध्यक्ष बनेका हुन् ।
शनिबार भएको नगर सम्मेलनले जावेद अध्यक्ष रहेको ५९ सदस्यिय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रह्लाद यादव, सवनम खातुन, जग नारायण, सचिवमा गणेश प्रसाद बन्जाडे, सहसचिवमा सहवाज खान, कोषाध्यक्षमा बल्वनत गुप्ता लगायत अन्य सदस्य रहनुभएको उक्त पार्टीले जनाएको छ ।
नगर सम्मेलन उद्घाटन समारोहमा पार्टीका स्थायी समिति सदस्य चक्रपाणी खनाल, जिल्ला संयोजक बिष्णु शाह लगायत पुग्नुभएको थियो ।
प्रतिक्रिया