मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको बाणगंगा २ नन्दनगरनन्दनगरमा पर्सीदेखि सुरु हुने २७ औं ज्ञानमहायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको श्री मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको सहयोगार्थ संचालन हुने महायज्ञलार्ई विगतका बर्षहरुमाभन्दा फरक ढंगले सम्पन्न गर्नको लागि अहिले चिटिक्क पार्ने काम भइरहेको छ ।यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीका अनुसार अहिले यज्ञस्थलको सजावट, पंडाल, साउण्ड ब्यवस्थापन, रंगरोगन, प्रचारप्रसार, अतिथिको आमन्त्रण, ध्वजापताका लगायतका धेरै कामहरु सम्पन्न भइसकेको छ । मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन (भारत)ले कथा बाचन गर्नु हुने भएकाले पनि विशेष हुने कैलाश आश्रमका अध्यक्ष कर्ण बहादुर थापाले बताउनुभयो । यस्तै अर्को विशेषताको रुपमा सन्ध्यामा साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।
पशुपतिनाथमा दैनिक देखिने सन्ध्या आरती अब ९ दिनसम्म कैलश आश्रममा देख्न सकिने सचिव अमित पौडेलले बताउनु भयो । यो महाआरती यस क्षेत्रमा पहिलोपटक हुन लागेको उहाँले बताउनु भयो ।
धर्म संस्कृतिको संरक्षणका साथै १० बर्ष अगाडिबाट सञ्चालन हुँदै आएको यस क्षेत्रकै सबैभन्दा धेरै आवसीय बटुकहरु रहेको मनकामना संस्कृत गुरुकुलको स्तर उन्नति गरी कक्षा ११ र १२ सञ्चालनार्थ महायज्ञ सफल हुने ब्रहम्निष्ठ तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराजले मायादेवी अनलाइनलार्ई जानकारी दिनुभयो ।
शनिबार मात्र यज्ञ स्थलमा आएर उहाँले झण्डोत्तोलन गरी थप गति दिनुभएको छ । नन्दनगरलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने गरी आफुहरु अगाडि बढेको स्वामी लोकानन्द महाराजले बताउनु भयो ।
प्रतिक्रिया