मायादेवी अनलाइन, वाणगंगा ।
पछिल्ला केही दिन यता कपिलवस्तु सहित देशभरको मौसममा बदली भई चिसो बढेको छ । बिहान र बेलुकाको समयमा हुस्सु सहितको चिसो बढेको हो ।
यस्तै दिउँसोको समयमा नि खुलेर घाम लाग्न सकेको छैन भने दिनैभर चिसो हावा समेत चल्लन थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो ।
‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ ।
महाशाखाका अनुसार अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ ।
प्रतिक्रिया