९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पोर्चुगल र इटालीमध्ये एकले मात्र विश्वकप खेल्ने



काठमाडौं ।
क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र युरोपियन च्याम्पियन इटालीमध्ये एकले मात्र कतारमा हुने विश्वकपमा स्थान बनाउने भएको छ । शुक्रबार निकालिएको युरोपियन क्वालिफायर ‘ड्र’ मा इटाली र पोर्चुगल एउटै समूहमा परेका हुन् ।

प्लेअफको पाथ ‘सी’ मा इटालीले पहिलो खेलमा नर्थ म्यासेडोनियाविरूद्ध खेल्नेछ भने पोर्चुगलले टर्कीसँग प्रतिस्पर्धा गर्नेछ ।

पोर्चुगल र इटाली दुवैले पहिलो खेल जिते दोस्रो खेलमा एक आपसविरूद्ध आमनेसामने हुनेछन् । जित्ने एक टोलीले मात्र अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान बनाउने छ । पराजित टोली विश्वकप खेल्नबाट वन्चित हुनेछ । इटाली २०१८ मा सम्पन्न विश्वकपमा पनि छनोट हुन असफल भएको थियो ।

त्यस्तै पाथ ‘ए’ मा वेल्सले पहिलो खेलमा अस्ट्रियाविरुद्ध खेल्नेछ । विजेता टोलीले स्कटल्यान्ड र युक्रेनवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै पाथ ‘सी’मा गत संस्करणको आयोजक रूसले पहिलो खेलमा रोवर्ट लेवनडोवस्कीको पोल्यान्डविरूद्ध प्रतिस्पर्धा गर्नेछ । विजेताले स्विडेन र चेक गणतन्त्रबीचको विजेताविरूद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८ शनिबार ००:००  ६ : २७ बजे