मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले शनिबार (भोलि) शुद्धोधन गाउँपालिकाको प्रथम गाउँपालिका भेला गर्दै छ । जिल्लाका सबै स्थानीय तहमा भेला आयोजना गर्दै आएको एकीकृत समाजवादीले शनिबार जिल्लाको दक्षिणी क्षेत्रमा रहेको शुद्धोधन गाउँपालिकाको भेला आयोजना गर्न थालेको हो ।
गाउँपालिका भेलाले नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी सदस्य अजिजुर रहमान शेखले जानकारी दिनुभयो ।
शुद्धोधनमा एकीकृत समाजवादीको राम्रो पकड मानिन्छ ।
०७० सालको संविधान सभामा तत्कालिन एमालेबाट उम्मेद्वार रहनुभएका अजिजुर रहमान शेख र बामगठबन्धनबाट ०७४ को लुम्बिनी प्रदेश सभामा उम्मेद्वार रहनुभएका फैजल खाँ एकीकृत समाजवादीमा लाग्नुभएको छ। दुवै नेता जनमत वलियो भएका नेता रहेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।
लवनीको खुल्ला मैदानमा भेला आयोजना हुने क्षेत्र नं. १ का क्षेत्रीय इन्चार्ज तथा जिल्ला कमिटीका उपाध्यक्ष नेत्रलाल खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया