मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डेय पराजित भएका छन् । कपिलवस्तुको प्रतिनिधिसभा २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेद्वार रहेका उनी पराजित भएका हुन् ।
०७४ सालको प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाए पछि उनी एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपछि प्रदेशसभामा निर्वाचित भएका उनी केपी ओलीले असंबैधानिक कदम चालेपछि त्यसको विरोध गर्दै प्रदेश सांसद त्यागेर कांग्रेस प्रवेश गरेका थिए ।
कांग्रेसले उनलाई राष्ट्रियसभामा टिकट दिएपछि साझा गठबन्धनबाट चुनाव जितेका थिए । कांग्रेसको देउवा पक्ष मानिने उनलाई पौडेल पक्षको बाहुल्यता रहेको क्षेत्र नं. २ मा महाविधेशन प्रतिनिधिमा चुनाव जित्न नसकेका हुन् ।
प्रतिक्रिया